भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिए

 माघ ०२, २०७८

काठमाडौं । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३० हजार ७८५ को वृद्धि भएको छ । हाल भारतमा १५।४२ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा सक्रिय संक्रमित पहिलो पटक १५ लाख पार पुगेको छ ।

यसअघि शुक्रबार २।६८ लाख जना संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल ३।७१ करोड संक्रमित भइसकेका छन् जसमध्ये ३।५० करोड निको भइसकेका छन् । हालसम्म ४,८६,०६१ जनाको मृत्यु भइसकेको छ । भारतमा १ जनवरीमा कूल सक्रिय संक्रमितको आँकडा १ लाख २२ हजार ८०१ थियो । यो हिसाबले १५ दिनमा नै कूल संक्रमितमा १२।५ गुणा वृद्धि भएको छ ।

तपाईंको प्रतिक्रिया