नेपाली सेनाका अमल्दारको हात्तीको आक्रमणबाट मृत्यु

 माघ ०२, २०७८

चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणमा कार्यरत नेपाली सेनाका अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परी गम्भीर घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बाग्लुङ्को फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएका थिए । उक्त समयमा उनलाई निकुञ्जमै जंगली हात्ती ध्रुवेले आक्रमण गरेको थियो ।

तपाईंको प्रतिक्रिया