प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

 माघ ०२, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा जानकारीसहित प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

गत पुस २९ गते नै सरकारले ६ महिना पूरा गरेको भएपनि अहिलेसम्म सरकारले उपलब्धि र आफूले खेप्नुपरेका चुनौती सार्वजनिक गरेको छैन ।


एक मन्त्रीकाअनुसार प्रधानमन्त्रीले सरकारका उपलब्धि, पारिस्थितिक विवशता र चुनौतीका विषयमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीले सोमबार वा अर्को दिन सम्बोधन गर्ने भन्नेबारे खुलाइएको छैन ।

तपाईंको प्रतिक्रिया