पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कासँग जिम्बाब्वे ५ विकेटले पराजित

 माघ ०३, २०७८

काठमाण्डाै । पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित गरेको छ । गएराति भएको खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

श्रीलङ्काका लागि दिनेश चण्डीमाल, पाथुम निशान्का र चारिथ अस्लान्काले अर्धशतकीय पारी खेले । दिनेश र पाथुमले समान ७५ रन जोडे भने चारिथले ७१ रनको योगदान गरे । यस्तै, कुशल मेन्डीसले २६ र कामिन्दु मेन्डीसले १७ रन जोडे । जिम्बाब्वेका रिचार्डले ३ विकेट लिए भने सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

तपाईंको प्रतिक्रिया