सल्यानमा लेखापाललाई कुटपिट गरेको अाराेपमा एक युवक पक्राउ

 माघ ०३, २०७८

सल्यान । लेखापाल लाई कुटपिट गरेको भन्दै सल्यानको बागचौर नगरपालिकाले आज एक बिज्ञप्ती सार्वजनिक गरेको छ । आइतबार कार्यालयको कामको शिलशिलामा बागचौर नगरपालिका वडा नं.७ मा पुगेका नगरपालिकाका लेखापाल प्रदीप डिसी माथी दुर्व्यवहार र कुटपिट भएको भन्दै सम्बन्धित निकायलाई कार्वाहीको लागी ध्यानाकर्षण गर्न नगरले प्रेस बिज्ञप्ती सार्वजनिक गरेको हो ।

सोमबार नगरपालिकाले जारी गरेको बिज्ञप्तीमा माघ २ गते अपरान्ह साढे चार बजे कार्यालयको कामको शिलशिलामा मोटरसाइकलमा सवार लेखापाल डिसी लाई बिचबाटोमै रोकेर नगरको वडा नं.७ टाट्केबजार नजिकै सोही वडाका २५ बर्षिय टिकाराम वलीले दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको उल्लेख गरिएको छ । वलीले लेखापाल डिसी चढेको मोटरसाइकल र अन्य निजी सामानमा समेत क्षति पु¥याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको नगरले जनाएको छ । लेखापाललाई हातपात गरेको आरोवमा २५ बर्षिय वलीलाई इलाका प्रहरी कार्यालय थारमारेले उनकै घरबाट आज नियन्त्रणमा लगेको छ । भोली म्याद थप गरि कानुनी प्रकृया अगाडि बढाइने इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

तपाईंको प्रतिक्रिया