पीसीआर परीक्षण शुल्क घटाउने तयारी

 माघ ०५, २०७८

काठमाण्डाै। सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो ।

अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ । शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन् । तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ । पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उहाँले बताउनुभयो । विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डाक्टर पोखरेलको भनाइ छ ।

तपाईंको प्रतिक्रिया