तुलसीपुरमा चोरी गर्ने दुई जना पक्राउ

 माघ ०५, २०७८

तुलसीपुर । तुलसीपुर प्रहरीले विभिन्न स्थानमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ घरभई हाल वडा नं. ६ रजौरामा डेरा गरी बस्ने २० वर्षिय दिलिप परियार र घोराही उपमहानगरपालिका १० नारायणपुर घर भई हाल तुलसीपुर ६ रजौरामा डेरा गरी बस्ने १९ वर्षिय विशाल परियार रहेको डिएसपी अर्यालले बताए ।

विभिन्न स्थानमा चोरी गरी लुकीछिपी बसीरहेको अवस्थामा उनीहरुको साथबाट माछा जस्तो आकार भएको दाप सहितको खुकुरी थान एक, राप्ती खुकुरी उद्योगको स्टयाम्प छाप थान एक, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देख्ने बाला थान एक, चाँदीको जस्तो देखिने सिक्री थान एक, फलामको ३ फिट ३ ईन्च लामो छट (सरिया) थान एक, फलामको हतियार नोख थान एक, रा १ प ५४७३ नं. को मोटरसाइकलको सवारी दर्ता किताब थान एक, ११९६२१५० नं. को ममता डिसी (दाङ) को राहदानी थान एक, ०६६२७९०३ नं. को चोकमणी गिरी (दाङ) को राहदानी थान एक, कानमा लगाउने पहेलो रङ्गको गहना दुई जाडी, पहेलो रङ्गको मंगलसुत्र थान एक, पहेलो रङ्गको चुरा थान दुई र मोबाइल दुई थान बरामद गरेको छ । थप अनसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया