राेल्पामा पतिको हत्या गर्ने महिला पक्राउ

 माघ ०५, २०७८

तुलसीपुर । राेल्पामा एक महिलाले हसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया