प्रावि डाडापातुका विद्यार्थीलाई सुईटर वितरण

 माघ ०५, २०७८


सन्तोष केसी, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित प्रा.वि.डाडापातुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर र माक्स वितरण गरिएको छ । गरिव तथा जेहेन्दार छात्र छात्राहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा र माक्स वितरण गरिएको हो । इन्द्रबहादुर स्मृति छात्रवृत्ति अक्षकोष तथा अम्मर भुमा स्मृति छात्रवृत्ति अक्षकोषबाट सो विद्यालयका १४० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा माक्स वितरण गरिएको हो ।

समाजमा रहेका गरिव तथा जेहेन्दार बालबालिकालाई सहयोग पुग्ने भन्दै अक्षकोष स्थापना कर्ताहरुले सो विद्यालयमा विगत ६ बर्ष देखि विद्यार्थीहरुलाई सहयोग हुदै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश चौधरीको अध्यक्षता भएको कार्यक्रममा इन्द्रबहादुर स्मृति छात्रवृत्ति अक्षकोषका संस्थापक लक्ष्मण केसी, समाजसेवी डिल्ली बहादुर केसी, विद्यालयका प्रधानाध्यापक नन्दराज भट्टराई लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हुमबहादुर केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया