बबई गाउँपालिकाकाे दशाैं गाउँसभा सकियो

 माघ ०५, २०७८

राम प्रसाद सुबेदी, हापुरे ।

पश्चिम दाङको बबई गाउँपालिकाकाे दशाैं गाउँसभा हापुरेमा सम्पन्न भएकाे छ। बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पाैडेलकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले गाउँपालिकाका कर्मचारीहरुकाे ब्यवस्थापन गर्न बनेकाे एेन २०७८ र बबई युवा तथा खेलकुद परिषदकाे संसाेधन् २०७७ पारित गरेको छ।

गाउँ सभाले विभिन्न शिर्षकमा बजेट बिनियाेजन पनि गरेकाे छ । गंगटे देखि दम्द्वाली जाने ७ किलोमिटर बाटाे निर्माण ट्रयाक निर्माण गर्न ३० लाख रुपैयाँ , प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत मानिसले काम गर्नेगरी बिजयनेटा बिच राख्सेदेखि,तल्लाे राख्सेसम्मकाे सडक निर्माण १० लाख ६० हजार रुपैयाँ,गाैरिसंकर शिवालय देखि भ्युटावर जाने बाटाे बेसारे सडक निर्माण ११ लाख ६० हजार,रुपैयाँ, गाउँपालिका परिसरभित्र काम गर्न ९ लाख रुपैयाँ कालितरा,रातापैरा कृष्णपुर सडक निर्माण ११ लाख ६० हजार रुपैयाँ,भ्युटावर जाने बाटाे र सुन्दरखालकाे बाटाे ११ लाख ६० हजार रुपैयाँ,चाैपारी बाटाे निर्माण,कट्कुईया बुकेवा बाटो निर्माण र चाैराटिया सडक नाला निर्माण ११ लाख पाँच हजार पाँच सय रुपैयाँ रकम बिनियाेजन भएकाे छ।

गाउँ सभामा बाेल्दै जन प्रतिनिधिहरुले पाँच बर्षकाे अबधीमा पश्चिम दाङमा राम्रो बिकाश भएको दाबि गरेका छन्। बिशेष परिस्थितिमा बाहेक अब याे गाउँसभा नै याे कार्यकालको अन्तिम गाउँसभा भएकाे भन्दै सबै वडाका वडाअध्यक्षहरुले वडामा भएका बिकाश निर्माणका बिषयमा चर्चा गर्दै अन्यत्रकाे तुलनामा बबई गाउँपालिकामा राम्रो बिकाश निर्माण भएकाे बताएका हुन् ।

गाउँ सभामा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, गाउँपालिकाका सब इन्जिनियर हिरालाल वली र गाउँपालिकाकाका कार्यालय सहयाेगी पाण्डेश्वर पाैडेललाइ सम्मान समेत गरिएकाे छ।

तपाईंको प्रतिक्रिया