आज पनि हल्का बर्षा र हिमपातकाे सम्भावना

 माघ ०७, २०७८

काठमाडौं । आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन्  ।मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ  । आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसाे केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।अहिले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन । तर अधिकतम तापक्रम घट्दा पनि चिसो बढ्छ ।

तपाईंको प्रतिक्रिया