रुखबाट खसेर एक जनाको ज्यान गयो

 माघ ०७, २०७८

दाङ। देउखुरीमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका २ पचहिया निवासी वर्ष ३२/३३ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रवार बिहान साढे सात बजेको समयमा घर देखि एक किलो मिटर काे दुरिमा रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादवकाे च्यापिएर मृत्यु भएको हाे ।

रुखले च्याप्दा उनको दाहिने खुट्टा पनि भाँचिएको थियोे ।

तपाईंको प्रतिक्रिया