शुद्ध खानेपानीबाट काेहि बञ्चित हुनुहुँदैन

 चैत १२, २०७८


कपिल लामिछाने,तुलसीपुर । छरछरे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को सातौँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । सरसफाइ समितिका अध्यक्ष टोप बहादुर वलीको अध्यक्षता तथा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोला थापाको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

सभामा बाेल्दै प्रमुख अतिथि थापाले खानेपानी सबैको अधिकार भएकाले यसको पहुँचबाट कसैलाई बन्चित हुन नदिनका लागी डिभिजन कार्यालय दाङले सक्दो सहयोग रगर्दै जाने बताउनुभएकाे थियो । उक्त साधारण सभामा बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष थलराज पुरीले छरछरे खानेपानी तथा सरसफाइ समितिको आगामी चयन हुने नेतृत्व बलियो होस् भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसैगरि तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले घर घरमा खानेपानीको पहुँच पुर्याउनका लागी राम्रो कामहरु गर्दै आईरहेको र संस्थालाई अझै माथी उठाउने खालको याेजना ल्याउन अाग्रह गर्नुभएको थियो । साधारण सभामा जिल्ला खेलकुद बिकास समितिका राकेश परियार, देबिपुर टोलका अध्यक्ष पुर्ण बहादुर डाँगी, एकिकृत नमुना टोलका सचिव कपिल लामिछाने, पिपल चौतारा टोलका अध्यक्ष पबित्रा रोका लगाएकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका सचिव आशाराम नेपालीले आय ब्यय सहितको प्रगति प्रतिवेदन पेश गर्दै खानेपानीलाई यहाँसम्म ल्याउनका लागी सहयोग गर्ने सम्पुर्ण पदाधिकारीहरु वडा नं १७ र वडा नं १८ को कार्यालय, स्थानिय बुद्धिजिवि लगाएत सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
साधारण सभामा सस्थाका कोषाध्यक्ष जेनि भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै संस्थालाई कोरोना भाइरसका कारण सोचेका कतिपय कामहरु गर्न नसकेको भएपनि समितिले उल्लेखनीय कामहरु गरेको बताउनु भयो । संस्थाको आ.ब. २०७७/०७८ को आय २३ लाख ६० हजार र खर्च २३ लाख ६० हजार भएको प्राप्ति तथा भुक्तानी बिवरणमा उल्लेख गरिएको छ ।
साधारण सभामा संस्थालाई सहयोग गर्नुहुने क्वारी बस्नेत, कर्ण सिं नेपाली लगाएतकालाई सम्मान साथै उपभोक्ताहरुको मनोरञ्जनका लागी नृत्य समेत प्रस्तुत गरिएको थियो ।
समितिको बन्दसत्रमा नयाँ कार्यसमितिका बिषयमा छलफल भएको र निर्वाचन मण्डललाई त्यसको जिम्मा दिईएको छ । सहमतिमा नयाँ कार्यसमिति चयन गर्न छलफल भईरहेको र आज सहमति जुट्न नसके पुनः भोली छलफल गरि कार्यसमितिको टुङ्गो लगाईने भएको छ ।
समितिका उपाध्यक्ष तुलाराम नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सदस्य राजन लामिछानेले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया