तुलसीपुरमा वीरेन्द्रको शालिक ठडियो

 चैत १४, २०७८

तुलसीपुर । दाङको तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राखिएको छ । आज बेलुकी पाँच बजेर पाँच मिनेट जाँदा वीरेन्द्रको अर्धकदको शालिक राखिएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

शालिक राखिएको ठाउँलाई यस अघि पनि वीरेन्द्र चोकको नामले चिन्ने गरिन्थ्यो । जनआन्दोलन २०६२/६३ मा पूर्व राजा वीरेन्द्रको शालिक तोडफोड गरेर हटाइएको थियो ।

तपाईंको प्रतिक्रिया