पललाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन

 चैत १५, २०७८

पोखरा । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका नायक पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन परेको छ। पलका कानुनी सहयोगीले मङ्गलवार उच्च अदालत पोखरामा तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका हुन्। जिल्ला अदालत तनहुँले शाहलाइ पुर्पक्षका लागि थुनुवामा पठाउन आदेश दिएको थियो । अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।

अदालतको आदेशविरुद्ध चित्त नबुझेकाले उच्च अदालतमा पोखरामा मङ्गलवार मुद्दा पुनरावेदनका लागि दर्ता गरिएको शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले उकेरालाई बताए ।

तनहुँ जिल्ला अदालतले थुनुवामा राख्ने गरी जुन आदेश गरेको थियो त्यो आदेशकाविरुद्ध तारिखमा रिहाइ भएर मुद्दा लड्न पाउँ भनी उच्च अदालत पोखरामा पुनरावेदन गरिएको छ । कानुन व्यवसायी सुवेदीले अदालतले यस्तो मुद्दामा थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर तीन किसिमबाट अनुसन्धान गर्न सक्ने बताए।

शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरिएको छ।

तपाईंको प्रतिक्रिया