दोस्रो जित निकाल्ने योजनामा नेपाल

 चैत १६, २०७८

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।

नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ । नेपालले पछिल्ला चार खेलमा सहज जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । घरेलु मैदानमा भइरहेको सिरिज नेपाल आफ्नो पक्षमा गर्ने योजनामा छ । यता मलेसिया पनि घरेलु टोलीलाई हराउँदै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । पीएनजीमाथि सहज जित निकालेको मलेसिया उच्च मनोबलमा छ।

तपाईंको प्रतिक्रिया