राेल्पामा पुग्दा प्रफुल्ल भए नायक ढुङ्गाना

 चैत १९, २०७८

तुलसीपुर । नेपालका चर्चित नायक रमित ढुंगाना यतिबेला रोल्पामा छन । नेपालको १० बर्षे जनयुद्धको उद्घमथलो रोल्पामा पहिलो पटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अबलोकन गरेका छन । केही समय अघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेको जनयुद्ध स्मृति भ्यु टावरमा उनले पनि अबलोकन गरेका छन । रोल्पाको समग्र भुभाग देखिने र जनयुद्धको स्मृतिमा बनेको उक्त टावर अनि रोल्पाका विभिन्न स्थानमा घुम्न पाउँदा प्रफुल्ल भएको उनी बताउँछन । रोल्पा जिल्ला देशकै घुम्नु पर्ने जिल्ला मध्य एक भएको र आफू यहाँ आएर प्रत्यक्ष रुपमा रोल्पाको प्रकृति सङ्ग साक्षात्कार गर्न पाउँदा आनन्दको महशुस भएको उनले बताए ।

मुस्कान खातुनको बायोपिक चलचित्र बनाउन लागेका उनले बुद्ध बर्न ईन नेपाल फिल्म बनाएर नेपाल लगायत संसारभरी ख्याती कमाएका थिए । उनी पृथ्वीनारायण शाहको बारेमा पनि चलचित्र बनाउने योजनामा छन । एक सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका नायक रमित ढुंगाना नेपाली चलचित्र उद्योगका लोकप्रिय कलाकार हुन ।

तपाईंको प्रतिक्रिया