नि:शुल्क पशु शिविरमा २ सय बढीले सेवा लिए

 चैत २५, २०७८


तुलसीपुर ।

तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ । पशु विज्ञान तर्फ कार्यक्रम संयाेजक छवि किरण अधिकारीकाे अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीकाे प्रमुख आतिथ्यमा शिविरकाे उद्घाटन भएको थियोे ।

उद्घाटन अवसरमा शि.अ.संघका अध्यक्ष लिलाधर डाँगी, प्रधानाध्यापक पदम बहादुर वली, पशु चिकित्सक डा.विधान पोख्रेल लगायतले बोल्नुभएको थियो । एक दिने निशुल्क श्वास्थ्य शिविरमा २ सय ५० वटा जनावरकाे निशूल्क चेकजाँच तथा अौषधि उपचार, पशु स्वास्थ परामर्श सेवा प्रदान गरिएकाे थियोे ।

श्वास्थ्य सेवा दिदै

गाउँमा निशुल्क रुपमा चिकित्सकिय सेवा पाउँदा पशुपालक ब्यवसायि हस्नापुर निवासी बाेम बहादुर भण्डारीले खुसी ब्यक्त गरेका थिए । पशु सम्बन्धि विभिन्न समस्या बारे निशुल्क अाैषधिउपचार र परामर्श पाउदा उनिहरु खुसि देखिन्थे । साथै अागामि दिनमा समेत शिविरकाे अायाेजना गर्न अाग्रह गरेका थिए । पशु स्वास्थ शिविरमा डाक्टरहरु छविकिरण अधिकारी,बिधान पाेखरेल र पशुविज्ञान तर्फका बिद्यार्थीहरु खटिएका थिए ।

साथै अाज देखि विद्यालयले स्थानीय लाई सेवा दिने गरि पशु क्लिनिक समेत सञ्चालनमा ल्याएकाे छ ।

तपाईंको प्रतिक्रिया