बंगलाचुली गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

 चैत २७, २०७८

दाङ ।  दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।  आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आउनुभएकाे रा १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाउनुभएको हो । 

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया