तुलसीपुरले ३०औं स्थापना दिवस मनायो

 चैत ३०, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कार्यालयले आफनो ३०औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । समृद्धि तुलसीपुर, सबैका लागी ,सधैका लागी भन्ने नाराका साथ उपमहानगरपालिकाले दिवस मनाएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई नमुनाका रुपमा विकास र स्थापित गर्न सफल भएको बताउनुभयो । उहाले संघियता पछि पहिलो पटक स्थानिय पालिकामा जनप्रतिनिधि भएर काम गरेको बताउदै तुलसीपुरमा आफुहरुले विकासको जग बसालेको बताउनुभयो ।

आफुहरु निर्वाचित भएर आईसकेपछि पाँच वर्षको अवधीमा उहाले सडक, शिक्षा, स्वास्थ्यमा धेरै फड्को मारेको बताउदै झन्डै डेढ सय किलोमिटर सडक कालोपत्रे, ५ सय किलोमिटर बढि सडक स्तरोन्नती , तुलसीपुरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना, आठ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स संचालन , घरको छानो मुक्त अभियान अन्र्तगत झन्डै तिन हजार घरधुरीलाई जस्तापाता वितरण, आधुनिक बसपार्क, तरकारी बजार, लगाएतका क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो ।साथै सामाजिक उत्तरदायीत्व बहन गर्दै स्मार्ट छोरी कार्यक्रम, सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता, छात्रालाई निशुल्क प्राविधिक शिक्षा,उज्यालो तुलसीपुर अभियान अन्र्तगत दुई सय बढिको शिनुल्क मोतियाबिन्दुको शल्यक्रिया लगाएतका काम गरेको नगरप्रमुख पाण्डेले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया