नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु

 बैशाख ०२, २०७९

काठमाण्डौ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । पहिलो दिन आज कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालले छनोट खेल कुवेतमा खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप–२०२३ मा छनोट हुनेछन् । छनोट खेल आउँदो जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग, जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ।

तपाईंको प्रतिक्रिया