पाकिस्तानकाे हवाई हमलामा परी ४७ जनाकाे मृत्यु

 बैशाख ०५, २०७९

पाकिस्तानकाे हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाकाे मृत्यु भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएकाे हाे ।

खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु भएकाे पुष्टि गरेका छन् ।

मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले तालिवान सरकारलाई पाकिस्तान-अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ । यसअघि अफगानिस्तानमा तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले शनिबार बिहान अफगानिस्तानको कुनार र खोस्ट प्रान्तका केही भागमा गोली प्रहार गरेको र ठूलो क्षति पुगेको आरोप लगाएको थियो ।

तपाईंको प्रतिक्रिया