सुनको मूल्य बढ्यो

 बैशाख ०५, २०७९

तुलसीपुर । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।

यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ । आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो ।

तपाईंको प्रतिक्रिया