कोरियन भाषा परीक्षा स्थगित

 बैशाख १५, २०७९

काठमाडौं । कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार एक सूचना जारी गर्दै यही वैशाख २६ देखि हुने भनिएको परीक्षा स्थगित भएको जनाएको छ । चुनावका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको ईपीएसले जनाएको छ ।

सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९१३ नेपाली लैजाने तयारी गरेको छ ।

ईपीएस अन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् ।

तपाईंको प्रतिक्रिया