राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा गण्डकी प्रदेश

 बैशाख १८, २०७९


काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा गण्डकी प्रदेशलेविजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबलेजित हासील गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।

गण्डकीले ढोरपाटनमाथि २५–१६,२३–२५,२५–१९ र २६–२४ को सेटमा जित निकालेको हो । यस्तै गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले विजयी हासील गरेको हो । पुलिसले गल्कोटमाथि २५–१५, २५–१७ र २५–२३ को सेटमा जित निकालेको हो । प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५÷३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिक्रिया