तुलसीपुर – ७ को वडा कार्यालय स्थानान्तरण

 बैशाख २१, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ७ नं। वडा कार्यालय स्थानान्तरण गरिएको छ । यस अघी खर्चवामा रहेको वडा कार्यालय श्रीगैंमा सारिएको हो । तत्कालिन तुलसीपुर नगरपालिका वडा नं। – ४ को वडा कार्यालय बाट अस्थायी रुपमा सेवा प्रवाह गरिएको थियो तर साँघुरो संरचनाका कारण सेवा प्रवाहमा समस्या भएपछी वडा कार्यालय अन्यत्र सारिएको वडा अध्यक्ष टोप बहादुर केसीले बताए ।

बुधबार पत्रकार सम्मेलन गरी वडा कार्यालय सारिएको बारेमा जानकारी दिईएको हो । हाल प्रावि श्रीगैंको ४ कोठे भवनमा वडा कार्यालय सारिएको छ । विद्यार्थि संख्या न्यून हुँदा प्रावि श्रीगैं मावि कालाखोलामा मर्ज गरिएको छ । विद्यालयको प्रसस्त जग्गा र आवश्यक संरचना भएकोले सेवा प्रवाहमा सहज हुने उद्देश्यले नगर कार्यपालिकाको निर्णय अनुसार स्थायी रुपमा सारिएको अध्यक्ष केसीले जानकारी दिए ।

सो अवसरमा वडाले ५ बर्षमा गरेका विकास निर्माणका कामहरुको बारेमा अध्यक्ष केसीले प्रष्ट पारेका थिए । कोभिडका कारण आफुहरुले प्रतिबद्धता गरे अनुसारका सबै काम सम्पन्न गर्न नसकेपनि प्राथमिकताको आधारमा भौतिक तथा संस्थागत विकास गर्न सफल भएको केसीले बताए । सडक, सिंचाईं, स्वास्थ्य, शिक्षाको विकास सँगै वडाका नागरिकलाई विभिन्न सिप मूलक तालिम दिई आत्मनिर्भर बनाउन सफल भएको उनले बताए ।

तपाईंको प्रतिक्रिया