निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने

 बैशाख २३, २०७९


काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज होस् भन्ने उदेश्यले सवारीसाधन चलाउन रोक लगाईएको निर्वाचन आयोगले जनाएको छ । आयोगले अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ ।

आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निवाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सीडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले भने अनुमति लिनु पर्दैन । अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरिएको छ । आफै हिँडडुल गर्न नसक्ने व्यक्तिलाई मतदान केन्द्रसम्म पु¥याउनको लागि आवातजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिने छ ।

तपाईंको प्रतिक्रिया