सरदरभन्दा बढी वर्षा हुने आकलन

 बैशाख २४, २०७९

तुलसीपुर । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको ४ महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आकलन गरेको हो ।


विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने २ ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी सो आकलन तयार पारेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया