विश्वमा बितेको २४ घण्टा २०८ जनाको कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख २५, २०७९


काठमाडौं । विश्वमा कारोना सङ्क्रमणका कारण गत २४ घण्टामा २ सय ८ जनाको मृत्यु भएको छ भन १ लाख७२ हजार ७९१ जना नँया कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधि गर्ने वल्डोमिटरका अनुसार विश्वमा अहिले सबै भन्दा बढि कोरोनाका नयाँ सङ्क्रमित दक्षिण कोरीयामा देखा परेको छ ।

जहा गत २४ घण्टामा ४० हजार ६४ जनामा सङ्क्रमण पुष्टी भएको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रहेको छ जहा आज मात्रै ३५ हजार २८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै जापानमा ३४ हजार ६ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । जापानमा गत २४ घण्टामा दक्षिण कोरीयामा ७१, जापानमा २४ र अष्ट्रेलियामा १८ जनाको कोरोना सङ्त्रमणका कारण मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६ करोड २७ लाख ५ हजार ९२२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको वल्डो मिटरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया