सदैव जनताको सेवा गर्ने रावतको प्रण

 बैशाख २७, २०७९

तुलसीपुर । मान बहादुर रावत । जो सामन्य परीवारको कान्छो छोरा हुन । २०५८ सालमा सरकारी जागिरमा उनि प्रबेश गरे । गाविसको मुखियाका रुपमा जनताको सेवा गर्ने अवसर पाए । उनि वडा सचिव भएर पनि जनताको सेवा गरे । हरेक जनतालाई उनले गर्ने ब्यवहार लाई सबैले रुचाउछन । स्थानिय निर्वाचन २०७४ पश्चात तुलसीपुर उपमहानगरमा नगर प्रमुखको सचिवालयमा रहेर पनि काम गरे । जहाँ रहेपनि कसैलाई दुख पर्दा सेवामा हाजिर हुने उनको बानी छ । गाउँमा हुने हरेक अफ्ठेरोमा उनि सहभागि हुन्छन । राजनितिक रुपमा हस्नापुर निवासी स्व.श्रीमणि आचार्य संग उनी नजिक थिए । रावतले स्व.आचार्यलाई गुरुका रुपमा सम्झिनछन् । कसैको समस्यालाई पार्टी भन्दा माथि रहेर समाधान गर्न तल्लीन हुने उनको वानिको सबैले प्रशंसा गर्ने गर्दछन ।

नेतृत्व पाएपछि केहि गर्न सक्छ भन्ने गतिलो उदाहरण पनि दिएका छन । उरहरीमा रहेको अमर माध्यमिक विद्यालयको अध्यक्ष हुदा विद्यालयको स्तरबृद्धि सगैं मुहार समेत फेरिएको छ । जहा नेतृत्वको लागी निर्वाचन भएको थियो । उनले प्लस टु सञ्चालन गर्ने योजना अघि सारेर निर्वाचनमा लडेका उनले कांग्रेस र माओवादी सहितको सयुक्त प्यानललाई पछाडि पारेका थिए ।
उनले प्लस टु सञ्चालनमा ल्याए । जसले गर्दा कक्षा ११ र १२ घर नजिक पढ्न पाएका छन । यति मात्रै होईन बर्षौ सम्म विद्यालयको नाममा आउन नसकेको जग्गा दर्ता गराउन सफल भए । यसका साथै पुर्वाधारको क्षेत्रमा पनि उल्लेख्य काम गरे । फलस्वरुप अभिभावकहरुबाट अर्को कार्यकालको लागी पनि अध्यक्ष भएर काम गरे ।

सरकारी जागिरमा रहेका बेला राजनितीक दलको नेता भनेर टिकाटिप्पणी भैरहन्थ्यो । सोहि कारण राजनितिमा खुलेर लाग्नको लागी उनले २०७७ मा राजीनामा दिएका थिए । राजनितिक यात्राको कुरा गर्ने हो भने क्षेत्रिय ईन्चार्ज हुदै जिल्ला सदस्य तथा नगरको ईन्चार्जको जिम्मेवारीमा छन । सोहि अनुसार वडामा पार्टीले आवस्यकता ठानेर वडा नम्बर ११ को अध्यक्षका रुपमा टिकट पाए ।

उम्मेदवार दर्ता गरे सगैं प्रचारको अभियानमा उनि ब्यस्त छन । घरदैलो तथा टोल भेला, प्रशिक्षणमा हिडेका उनी जितको नजिक रहेको बताउछन । जनताको सेवामा बिसौं बर्ष वितेको बताउदै सदैब सेवामा रहने जनता संग प्रण गरेका छन । जनता प्रति गरेको सेवा र विश्वास नै आफुलाई जित्नको लागी प्रशस्त हुने उनि बताउछन ।

तपाईंको प्रतिक्रिया