वडा नं. १७ काे अध्यक्ष पदका उम्मेदवार चौधरीको मृत्यु

 बैशाख २७, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए । यस अघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर समेत काम गरेका थिए ।

चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो । तर,त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

तपाईंको प्रतिक्रिया