खुकुरी प्रहार गरी फरार एक जना पक्राउ

 बैशाख २८, २०७९

सल्यान । सल्यान प्रहरीले खुकुरी प्रहार गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ । वैशाख २६ गते राति स्थानीय दुई जनालाई खुकुरी प्रहार गरी फरार भएका रोल्पा गंगादेव गाउँपालिका ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा गंगादेव गाउँपालिका ५ कुइन्इोटा डाडाँगाउमा वाईसीयल र तरुण दलबीच झडप हुँदा ३० वर्षीय मान बहादुर बुढा र २० वर्षीय कमल बुढालाई खुकुरी प्रहार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले उनलाई सल्यान बागचौर नगरपालिका २ थारमारेस्थित रोशन ग्यारेजमा लुकेर बसेको अवस्थाा मंगलबार बेलुका पक्राउ गरेको जानकारी दिए ।पक्राउ परेका केसीलाई नियन्त्रणमा लिई आवश्यक छानविन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया