तुलसीपुरकाे मतगणना जेठ ३ देखि हुने, मतगणना गर्ने कोठाहरुमा सिसिक्यामरा

 बैशाख २९, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा हुने भएको छ । उच्च सरकारि वकिलको कार्यालयमा मतगणना हुने भएको हाे ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि तारजाली लगाउने तयारी रहेकाे छ । मतपेटिका राख्ने ठाउदेखि लिएर मतगणना गर्ने कोठाहरुमा सिसिक्यामरा जडान गरिएको सहायक मतदान अधिकृत ढक बहादुर रावतले जानकारी दिएका छन ।
तिन वटा काेठाबाट मतगणना गर्ने गरि तयारी रहेकाे र अावस्यक परे थप गर्न सकिने उनले जानकारी दिएका छन ।

मतगणना हुने दिन जेठ ३ गते साझ सम्म मतपेटिका सुरक्षित रुपमा राखिने भएको छ । मतपेटिका स्थलमा एजेण्ट बस्ने नबस्ने बारेमा दलहरुकाे निर्णय अनुसार हुने छ ।

तपाईंको प्रतिक्रिया