बबई नदिमा डुबेर एक किशाेर बेपत्ता

 बैशाख २९, २०७९

तुलसीपुर । बवई नदीमा पौडि खेल्ने क्रममा डुबेर एक जना किशोर वेपत्ता भएको प्रहरीले बताएको छ । बिहीबार दिउँसो १ बजेको समयमा बबईमा नुहाउन गएको समयमा एक किशोर वेपत्ता भएको प्रहरीले बताएको छ । वेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने अर्जुन वलिका छाेरा१६ वर्षीय प्रसान्त वली रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका ११ प्रिगाउ पुर्खाैलि घर हजुर अामाकाे घर पुजामा अाएका वली डुवेर बेपत्ता भएका हुन । घटना स्थलमा प्रहरी,स्थानीय लगायतको टोलीले किशोरको खोजीकार्य जारी राखेपनि नभेटिएकाे प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया