नक्कली बम: २०७४ मा पनि भेटिएको थियोे

 बैशाख ३०, २०७९


तुलसीपुर । २०७४ काे स्थानीय निर्वाचनको अघिल्लो दिन तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटियाे । गिरीको घरमा बिहान बम फेला परेको थियो । फेला परेकाे बम नेपाली सेनाले डिष्पोज गरेको थियोे । उक्त बम नक्कली भएको बताइएकाे थियोे ।

अहिले पनि गठबन्धनकाे कांग्रेसबाट उनी गिरि नै उम्मेदवार बनेका छन । फेरि चुनावकाे अघिल्लो दिन अाज उनकै घरमा बम भेटिएको हल्ला भिजियाे । पेट्रोल बम प्रहार भएको भनेर सञ्चारमाध्यममा समाचार अाए । पछि इप्रका तुलसीपुरले भने बम नरहेकाे बतायो । बाेतल भित्र भिजाएकाे कपडा राखेकाे अवस्थामा भेटिएको प्रहरीकाे भनाइ छ ।

यी दुईवटा घटना हेर्दा निर्वाचन प्रभावित पार्न गलत हल्ला फैलाउन गरेकाे हुन सक्ने बुझिन्छ । कतिपयले भने निर्वाचनमा अाफ्नाे पक्षमा माहाेल सृजना गर्न गरेको भनेर अाराेप लगाउने गरेका छन ।

तपाईंको प्रतिक्रिया