स्याङ्जामा जिप दुर्घटना,१३ जनाकाे मृत्युु

 बैशाख ३०, २०७९

दाङ । स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ। स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।

वालिङ प्रहरी कार्यालयले जीप दुर्घटना भएको पुष्टी गरेको छ। धनजनको क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जानकारी दिएको छ। स्याङ्जास्थित पत्रकार प्रकाश डुम्रेका अनुसार जीप सडकबाट करिब १५० मिटर तल खसेको छ।

उनका अनुसार यो दुर्घटनामा १३ जनाको ज्यान गएको छ भने ९ जना गम्भीर घाइते भएका छन्।

तपाईंको प्रतिक्रिया