एमालेका उम्मेदवारबाट मतदाताप्रति आभार व्यक्त

 बैशाख ३०, २०७९

दाङ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चाैधरीले मतदातालाई आभार व्यक्त गर्नुभएको छ । खड्का र चाैधरीले मतदान सकिए लगत्तै संयुक्त विज्ञप्ति जारी गरी उत्साहप्रद सहभागीता र मतदानका लागि सम्पुर्ण मतदाताप्रति आभार व्यक्त गर्नुभएको हो ।
त्यसैगरी विज्ञप्तिमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराएकोमा प्रहरी प्रशासनलाई समेत धन्यवाद ज्ञापन गरिएको छ ।

तपाईंको प्रतिक्रिया