बबईमा डुबेका एक किशाेरकाे शव ४२ घण्टा पछि भेटियो

 बैशाख ३१, २०७९


तुलसीपुर । बवई नदीमा पौडि खेल्ने क्रममा डुबेर एक जना किशोरकाे शव ४२ घण्टा पछि भेटिएको छ । बिहीबार दिउँसो बेलटाकुरा स्थित बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने अर्जुन वलिका छाेरा १६ वर्षीय प्रसान्त वली डुबेर बेपत्ता भएका थिए ।

उनकाे शव अाज बिहान डुबेकाे स्थान भन्दा १५/२० मिटर तल तैरिरहेकाे अवस्थामा स्थानीयले देखेका थिए । शव गलेकाे अवस्थामा रहेकाे र पाेष्टमाट्म गर्नका तुलसीपुर लग्ने तयारी रहेकाे जसपुर प्रहरी चाैकिका इन्चार्ज सई बिर बहादुर भण्डारीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका ११ प्रिगाउ पुर्खाैलि घर हजुर अामाकाे घर पुजामा अाएका वली डुवेर बेपत्ता भएका थिए । डुबेको दिन घटना स्थलमा प्रहरी,स्थानीय लगायतको टोलीले किशोरको खोजीकार्य जारी राखेपनि भेटाएका थिएनन् । उनले नारायनपुरकाे एक बाेर्डिङबाट एसईई दिएका थिए ।

तपाईंको प्रतिक्रिया