बाफिकाेट गाउँपालिकामा अझै मत गणना सुरु हुन सकेन

 बैशाख ३१, २०७९

रुकुम पश्चिम ।रुकुम पश्चिमकाे बाफिकाेट गाउँपालिकामा अझै मत गणना सुरु हुन सकेको छैन । नेपाली काँग्रेस पालिका अध्यक्ष उम्मेदवार जनक कुमार बाँठा (जेके) चढेको गाडिले ठक्कर दिँदा शुक्रबार बाँफिकोट ७ नम्बर वडाको मतदान स्थलमा एक जनाको मृत्यु भएको थियो । त्यसपछि प्रहरीले जेकेलाई नियन्त्रणमा राखेको छ ।यसै विषयलाई लिएर बाँफिकोट गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन ।

मत गणनाका लागि कांग्रेसका प्रतिनिधिहरुले जेके बाँठालाई नियन्त्रण राख्नु नपर्ने भन्दै आएका छन् । हिजै मत पेटिका संकलन भएपनि मत गणना सुरु भएको थिएन । आज विहानैबाट मत गणना गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन । हिजो बेलुका जो कसैको प्रतिनिधि नआएपनि विहान ७ बजेबाटै मत गणना गर्ने निर्णय भएको थियो ।

तपाईंको प्रतिक्रिया