सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित

 जेठ ०१, २०७९

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडा नम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ ।

मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । यो पालिकामा कांग्रेस र माओवादीका उम्मेदवारको कडा प्रतिस्पर्धा छ ।

तपाईंको प्रतिक्रिया