घोराहीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

 जेठ ०५, २०७९

दाङ । दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनलाई हराउँदै एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ। चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५३६० मतले हराउँदै विजयी हुनुभएको हो ।

चौधरीले ३१७२८ मत प्राप्त गर्दा शर्माले २६३६८ मत प्राप्त गर्नुभयो । चौधरी ०७४ को निर्वाचनमा पनि काँग्रेका भुप बहादुर डाँगी (हालका उपमेयरका उम्मेदवार)लाई हाउँदै विजय हुनुभएको थियो ।

मतगणनाको सुरुको चरणमा मतगणना गर्दा शर्माले चौधरीलाई भारी मतान्तरले पछाडि पार्नुभएको थियो । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो अग्रतालाई बढाउँदै लग्नुभएको थियो ।

यस्तै नगरउपप्रमुखमा पनि एमाले कै हुमा डिसी विजयी हुनुभएको छ। डिसीले गठबन्धनबाट काँग्रेसका नगरउपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी हुनुभयो। डिसीले ३०४०३ मत प्राप्त गर्दा डाँगीले ३०३५४ मत प्राप्त गर्नुभयो ।

तपाईंको प्रतिक्रिया