मुसिकाेट १४ काे मतगणना कार्य राेकियाे

 जेठ ०५, २०७९

रुकुम पश्चिम ।रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका १४ काे मतगणना कार्य राेकिएकाे छ । मतपत्रमा रङ ,पाती ,दुबो ,झारपात,कपालको रौ चुराको टुक्रा,अक्षता भेटिएपछि मतगणना राेकिएकाे हाे ।करिब ६० वटा भन्दा बढि मतपत्रमा यस्तो संकेतहरु फेला परेको बताईएकाे ।नगरपालिकामा १४ वडा रहेका छन । याे वडामा अन्तिम मतगणना हुँदै थियोे ।
अन्य १३ वटाको मतगणना सकिएपछि अन्तिममा १४ नम्बरको मतगणना आज बिहान बाट सुरु हुदै थियोे ।
नेपाली काँग्रेसले रुकुम पश्चिमले त्यस्ता मतपत्र बदर हुुनुपर्ने माग गरेको छ ।यहि विषयमा काँग्रेस र माओवादी केन्द्र बिच विवाद बढेपछि गणना राेकिएकाे हाे।
नगर प्रमुखको लागि उक्त वडा निर्णायक मानिएको छ ।नेपाली काँग्रेसका मेयर उम्मेदवार महेन्द्र केसी र माओवादी केन्द्रका बसन्त शर्मा बिच कडा प्रतिष्पर्धा भइरहेको छ । १४ नम्बर वडामा यसपटक १४ सय ७५ मत खसेको थियोे ।

तपाईंको प्रतिक्रिया