गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारकाे निर्णय

 जेठ ०५, २०७९

काठमाण्डाै । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते बेलुकी सङ्घ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवम् ब्यानर सजाएर दीपावली गर्ने र नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिने समितिका सदस्य सचिव एवम् गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । त्यस दिन हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शनसमेत गरिने छ ।

तपाईंको प्रतिक्रिया