तुलसीपुरमा एमालेका खड्काले गिरीलाई उछिने

 जेठ ०६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीलाई एमालेका उम्मेदवार टिकाराम खड्काले उछिनेका छन । पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार गिरीले ८७१५ ल्याउदा खड्काले ८७७२ मत ल्याएका छन । सुरु देखि नै अग्रता लिएका गिरीलाई खड्काले ५७ मतले पछि पारेका छन ।

यस्तै उपमेयरमा भने एमालेको अग्रता कायमै छ । गठबन्धनबाट जोग बहादुर राणा लाई ६७३३ मत पाउँदा एमालेकि स्यानी चौधरीले ८१६० मत ल्याएकि छिन । चौधरीले १४७२ मतले अग्रता लिएकि छिन ।

तपाईंको प्रतिक्रिया