रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण
रुकुम पश्चिम। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जिल्लाका सवै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेकोमा तीन नगरपालिका प्रमुख र तीन गाउँपालिका प्रमुखलाई
जिल्ला न्यायधीस विद्याराज पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले सपथ लिनुभएको हो ।
त्यसैगरी सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले जिल्ला न्यायधीस पौडेल समक्ष सपथ लिनुभएको छ ।
नगरप्रमुखले सपथ ग्रहण गरेपछि उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यको सपथ ग्रहण हुने छ । त्यसैगरी गाउँपालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यविधि छ । नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षले फरक फरक समयमा जिल्ला अदालत रुकुममा सपथ लिनुभएको हो ।
तपाईंको प्रतिक्रिया