रुकुममा किसानलाई मकै रोप्ने चटारो

 जेठ ०७, २०७९

रमेश देवकोटा, रुकुम पश्चिम । यतिबेला गाउँ गाउँमा मकै रोप्ने चटारो छ । शुक्रवार साँझ पानी परेकाले किसानले अाज देखि मकै राेप्न शुरु गरेका छन् । केही समयअघि गहुँ लगायतका हिउँदे बालि भित्र्याएका किसानले अहिले मकै रोप्न थालेका हुन् । रुकुम पुर्व र पश्चिमका केही क्षेत्रमा याे समयमा मकै रोप्ने शुरु गरिएको छ ।

आकाशे पानीमा निर्भर हुने हुनाले वैशाख तेस्रो हप्तादेखि जेठको दाेस्राे हप्तासम्म मकै छर्ने समय उचित मानिन्छ ।
यो समयमा भने गाउँमा निकै चहलपहल बढेको छ । बिहान झिसमिसे उज्यालो भएको थियो । किसानहरू आ–आफ्नो बारीमा मकै रोप्न व्यस्त देखिन्थे । कोही मल छर्दै त कोही गोरु जोत्दै गरेको दृश्य देखिन्थ्यो । स्थानिय हरु पानी समयमै पर्दा मकै लगाउन पाएकोमा खुसि देखिन्छन् ।
सबै अाअाफ्नाे काममा ब्यस्त देखिन्थे । सानो झोला समाउँदै मकैका दाना गन्दै बारीमा हाल्न तयार हुदै गरेकि
बाँफिकोट २ पिपलकि देउसारा केसिले पानी समयमै परेकाेले सुरु गरेकाे बताएकी छिन ।

गत वर्ष बैशाखकाे सुरुमै मकै राेप्नेकाे सबै मकै किराले खाएकाे थियो । अहिले त ठिक समय भएको छ । अब मकै राम्रो फल्छ उनले भनिन् । अघिअघि गोरु, पछिपछि मकै राेप्न भ्याई –नभ्याई भएको उहाँ सुनाउनु हुन्छ । एउटा गरामा जोत्दा कम्तीमा १ डेट घण्टा लाग्छ ,उनले भनिन् ।
देशैभरि अझै चुनावि माहोल सकिएको छैन । तर गाउँघरमा मकै छर्न चटारो छ – उनले भनिन । के गर्नु समयमै मकै रोप्न नपाए फेरी पछि राम्रो हुदैन ।

पहिले समयमै पानी नपर्दा बाली लगाउन ढिला हुन्थो । जोत्दै गरेका स्थानीय पशुपति जैसिले भने । कहिलेकाहीँ असारसम्म पनि पानी नआउदा मन साह्रै आतिन्थ्यो । आकाशलाई गाली गर्न मन लाउँथ्यो । समयमै पानी आउँदा गाईभैँसीका लागि वनजंगल पनि हरियो हुँदै छन् ।

‘बर्खे सिजनमा मकै, धान, अदुवा , बेसार र सिमीजस्ता बालीनालीलाई अनुकूल समय मिलेको छ,’ उनले भने, ‘यस्ता बाली समयमै रोप्न सकिए उत्पादन पनि राम्रो हुन्छ । यतिबेला रुकुम पश्चिम र पुर्वका धेरै ठाउँमा किसानहरु खुसी देखिन्छ ।

तपाईंको प्रतिक्रिया