तुलसीपुर-१३ मा बीस बर्षपछि एमालेकाे जित

 जेठ ०९, २०७९


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेका माेहनलाल पाैडेल विजयी भएका छन । वडामा सानदार मतका साथ उनकाे प्यानल विजयी भएको हाे । उनि १७१० मत ल्याएर विजयी भएका हुन । उनका निकटमत प्रतिस्पर्धि काँग्रेसका उम्मेदवार तारा कार्किले १२३९ मत प्राप्त गरेका थिए । यस्तै महिला सदस्य बिमला कुमारी शर्मा , दलित महिला सदस्य बेलमति परियार,खुल्ला सदस्यहरु खिमकान्त पाण्डे र धनविर चाैधरि विजयी भएका हुन ।

काँग्रेसकाे बलियाे पकड रुपमा चिनिने वडामा एमालेले २० बर्ष पछि जित हात पारेको हाे । २०७४ काे निर्वाचन पनि काँग्रेसले जितेकाे थियोे । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार कार्किलाई एमालेका पाैडेलले सुरु देखि नै पछाडि पारेका थिए । उनी ४ सय ७१ मतान्तरले पराजित भएका हुन ।

तपाईंको प्रतिक्रिया