यसरी निकाल्दैछ एमालेले तुलसीपुरमा विजय जुलुस

 जेठ १०, २०७९

तुलसीपुर । नेकपा एमालेले भोली दिउँसो १ बजे तुलसीपुरमा विजय ¥याली निकाल्ने भएको छ । मेयर/ उमेयर सहित अधिकाँस वडाहरु जित्ने निश्चित भएपछि नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा विजय र्‍याली निकाल्न लागिएको हो ।
विजय र्‍याली एमालेको पार्टी कार्यालयबाट सुरु भएर मदन–आश्रीत चोक हुँदै तुलसीपुर बजार परिक्रमा गरेर विएसपाटी प्यालेसमा पुगेर सभामा परिनत हुने निर्वाचन परिचालन कमिटीका सयाेेजक घनश्याम पाण्डेल जानकारी दिए।

निर्वाचीत जनप्रतिनिधीलाई एमालेका माहासचिव शंकर पोखरेलले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य समेत रहेका पाण्डेले जानकारी दिए । विजय जुलुसमा सहभागीताका लागि एमलेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सबैमा केन्द्रिय सदस्य पाण्डेले आग्रह गरेका छन ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म ६४ हजार बढी मत गणना गर्दा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २३ सय बढी मतले अग्रता लिनुभएको छ भने उपमेयरमा स्यानी चौधरीले ८ हजार बढी मतले अग्रता लिनुभएको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया