तुलसीपुरमा एमालेको विजय जुलुस (तस्बिरमा हेर्नुस्)

 जेठ ११, २०७९

तुलसीपुर । मेयर उपमेयर सहित १० वडामा जित हात पारेकाे एमालेले तुलसीपुरमा विजय जुलुस निकालेकाे छ । गठबन्धनका उम्मेदवारलाई मेयरमा एमालेका टीकाराम खड्का विजयी भएका छन ।

उनले निकटम प्रतिद्धन्द्धी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतले पछी पार्दै निर्वाचित भएका छन् । खड्काले ३१४०८ मत प्राप्त गरे भने गिरीले २७७१७ मत प्राप्त गरे । यस्तै उपमेयरमा एमालेका श्यानी चौधरीले फराकिलो मतान्तरले जित हासल गरेकी छिन् । मतगणना हुँदाको अवस्था देखीनै उनले गठबन्धनका उम्मेदवार जोगबहादुर रानालाई पछी पारेकी थिईन । स्यानीले ९ हजार ५ सय ३१ मतान्तरले जीतेकी छिन् । स्यानीले ३०५९७ मत प्राप्त गरिन । एकिकृत समाजवादीका रानाले २१०६५ मत प्राप्त गरेका छन् ।

एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि  जितेको थियो । यसपटक पनि एमालेले आफ्नो साख जोगाउन सफल भएको छ । बजारका विभित्र भागमा जुलुसले परिक्रमा गरेको छ । विजय जुलुसमा खुसी साट्दै कार्यकर्ताको हाैसला बढाउन एमालेका महासचिव शँकर पाेखरेल पनि वुलसमा सहभागी छन ।

तपाईंको प्रतिक्रिया