रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु

 जेठ ११, २०७९

तुलसीपुर। रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको रोल्पा लुङ्रि गाउपालिका सिमिगिठा बस्ने बर्ष ५५ का जिन्नदे घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बुधबार बिहान ९ बजे लुङ्रि गाउपालिका २ राजथर देखि कमिरेढिक जाने क्रममा कमिरेढिक भन्ने स्थानमा सडकबाट करिब १५/२० मिटर तल खस्दा उहाको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया